त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द, सुरक्षाको प्रत्याभूति नभएसम्म देशैभरी सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा ।

काठमाण्डौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।
गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गरिएको जनाइउको छ ।
आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
उता, सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाण्डौँ उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गगरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घोषणा गरेका हुन् ।
जेन–जी समूहविरुद्ध भएको सरकारी दमन र १९ युवाको मृत्युपछि महासंघले दुःख व्यक्त गरेको छ । घाइतेको उपचारमा महासंघका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासंघले आह्वान गरेको छ ।
नेपाल सरकारले विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेका कारण हसहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको विज्ञप्तीमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्