२०८२ भाद्र २८

शिर्ष नेताहरुको घरमा पनि प्रदर्शकारीद्वारा तोडफोड र आगजनी ।

काठमाडौँ,  प्रदर्शनकारीहरूले बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ ।

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरेका छन्।

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको नैकापस्थित घरमा पुगेर प्रदर्शनकारीले आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । काठमाडौँको बोहोराटार स्थित निजी निवासमा आगजनी भएको हो ।
उता, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा आगजनी गरेका छन् ।
जेनजी पुस्ताका प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित् देउवा निवासमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौँले जनाएको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
उर्जामन्त्री दीपक खड्काको राजधानीको बुढानीलकण्ठस्थित् घरमा पनि आगजनी गरेका छन् ।
ऊर्जामन्त्री खड्काको घरमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।