२०८२ भाद्र २८
अमेरिकी दूतावासले रद्द गर्यो कन्सुलर सेवा

काठमाण्डौँ, काठमाण्डौँमा रहेको अमेरिकी दूतावासले आफ्ना सबै कन्सुलर सेवा रद्द गरेको छ ।
जेन्जीको प्रदर्शनपछि सरकारले काठमाण्डौँको चक्रपथभित्र कफ्र्यु लगाएपछि दूतावासले आफ्ना सबै कन्सुलर सेवा रद्द गरेको हो । “दूतावासका सबै कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू बाँकी दिनका लागि रद्द गरिएको छ । सबै आवेदकहरूले कुनै अतिरिक्त शुल्कबिना आफ्ना अपोइन्टमेन्टहरू पुनः लिन सक्नेछन्,” अमेरिकी दूतावासले जारी गरेको सूचनामा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्