दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय : नेपाल टेलिकम
काठमाण्डौँ, नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।
बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही बमोजिम प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन गरेको थियो ।
प्राधिकरणको निर्देशनपछि आज टेलिकमले सूचना जारी गर्दै दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो । यसअघि एनसेलले पनि दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको सूचना जारी गरिसकेको छ । योसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुनेछन् ।
सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न अन्तिमपटक दिएको एक साताको समय बुधबार सकिएको थियो ।
मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बिहीबार (भदौ १२ गते) सूचना जारी गर्दै नेपालमा प्रयोग हुने सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन आग्रह गरेको थियो ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्