२०८२ माघ ६

दसैँका लागि आजदेखि अनलाइनबाट खसीबोका बुकिङ शुरु ।

काठमाण्डौँ, आजदेखि अनलाइनबाटै दसैँका लागि खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।
हाम्रो अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने प्रमुख छ । त्यसपछि एउटा कोड नम्बर आउँछ । त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिने प्रमुख पौडेलले बताए ।
च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ ।
अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा
ल्याउने उनले जानकारी दिए । अहिले नै मूल्य भने तय नहुने पौडेलले बताए । “तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक नपर्ने पनि उनले भने ।
एकजाले पाँचदेखि दशवटासम्म बुकिङ गर्न सकिनेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पौडेलले जानकारी दिए ।