कैदीबन्दी शून्य रहने मनाङको कारागारमा हाल ८ जना कैदीबन्दी ।
मनाङ, विगतका धेरै वर्षहरूमा कैदीबन्दीहरू शून्य रहने गरेको मनाङको सदरमुकाम चामेस्थित् कारागारमा हाल ८ जना कैदीबन्दीहरू रहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को अन्तमा कूल ७ जना कैदीबन्दीहरू रहेको यस कारागारमा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मुद्दामा ६ जना कैदीबन्दीहरू थप भएका थिए भने सोही आर्थिक वर्षमा ६ जना कैदीबन्दीहरूले कैद सजाय भुक्तान गरी रिहा भएको कारागार प्रशासक महेश कुमार गौतमले बताए ।
हाल यस कारागारमा कूल ८ जना कैदीबन्दीहरू रहेकोमा विभिन्न मुद्दामा संलग्न भई अदालतबाट दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेकाहरू मध्ये कर्तव्य ज्यान मुद्दाका २ जना, सुनको अवैध कारोवार मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना र जबरजस्ती करणी मुद्दाका १ जना गरी जम्मा ५ जना कैदीहरू रहेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाएका थुनुवाहरू मध्ये जबरजस्ती करणी मुद्दाका १ जना, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार मुद्दाका १ जना र कुटपिट तथा अंगभंग मुद्दाका १ जना गरी ३ जना थुनुवा रहेको कारागार प्रशासक गौतमले बताए ।
बस्न र खानको लागि पर्याप्त स्थान भएको, कुनै असुविधा नभएको भएतापनि दरबन्दी अनुसारका कर्मचारी नभएकोले कार्य सम्पादनमा सामान्य समस्या हुने गरेको कारागार प्रशासक गौतमले बताए । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी समेत नभएकोले बन्दीहरूको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमै लैजानुपर्ने बाध्यता रहेको, बन्दीगृह र कम्पाउण्ड पर्खालको बिचमा कम दुरी रहेकाले सुरक्षा सम्वेदनशीलता उच्च रहेको पनि कारागार प्रशासक गौतमले बताए ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्