२०८२ माघ ६

आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता समय निर्धारण ।

काठमाण्डौँ, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति नेपाली कॉग्रेसका सांसद रामहरिक खतिवडाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ । उनी निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियड सम्बन्धी व्यवस्था हेरफेरको विषयमा विवादमा तानिएका थिए ।
नेपाली काँग्रेसकै सहमहामन्त्री समेत रहेका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले कुलिङ परियड त्रुटिमा नैतिक जिम्मेवार सभापति खतिवडालाई ठह¥याएको थियो ।
सभामुख देवराज घिमिरेले पटक–पटक समिति सभापति छिटो चयन गर्नुपर्ने बताइरहेका थिए । तर काँग्रेसले कसलाई समिति सभापति बनाउने निर्णय लिन नसक्दा ढिलाइ भइरहेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार अनौपचारिक पदाधिकारी बैठक बोलाएका थिए तर उक्त बैठकले पनि सभापतिको भावी उम्मेद्वारको टुङ्गो लगाउन नसकेपछि आज पुन पदाधिकारी बैठक बस्दैछ । आगामी सभापतिको उम्मेद्वारको रुपमा सांसद दिलेन्द्र प्रसाद बडुको नाम चर्चामा रहेको भएपनि मंगलबारको पदाधिकारी बैठकमा यसबारे कुनै चर्चा नभएको बुझिएको छ । त्यसैगरी, कॉग्रेसका एकथरी सांसदहरु भने महिला उम्मेद्वार चयन हुन पर्ने भन्दै स्याउती गर्ने गरेको छ ।
आज अपराहन्न ४ बजेसम्म पनि कुनै उम्मेद्वारको नाम सूचिकृत नभएमा संसद सचिवालयले तय गरेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति चयन प्रक्रिया नै रद्द भइ नयॉ तालिका प्रकाशित गर्ने तयारीमा संघीय संसद सचिवालय रहेको प्रवक्ता एकराम गिरीले बताए ।