दुई सुरक्षा प्रमुखको पदावधि सकिन्दै ।
काठमाण्डौँ, देशको दुई प्रमुख सुरक्षा प्रमुख नेपाल प्रहरी र राष्टिय अनुसन्धान विभाग प्रमुखको यही भदौ महिनामा पदावधि सकिन्दै छ ।
राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) प्रमुख अनुसन्धान निर्देशक हुतराज थापा विभागको तीनवर्षे पदावधिका कारण अवकाशमा जान लागेका छन् । उनी यही भदौ २८ बाट विभागको मुख्य अनुसन्धान निर्देशकको पदावधिका कारण अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए । थापाको अवकाशसँगै २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका उनकै ब्याचीहरूमध्ये पुनः निर्देशक ओमप्रकाश जोशी र टेकेन्द्र कार्कीमध्ये एकजना नयाँ प्रमुख बन्नेछन् । जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । कार्की प्रदेश समन्वय विभाग र इन्टिलिजेन्सको नेतृत्व गरिरहेका छन् ।
गुप्तचर विभागको नेतृत्वभन्दा प्रहरी संगठनका प्रमुख आईजीपी दीपक थापा एक हप्तापछि नै अवकाशमा जाँदै छन् । आईजीपी थापा भदौ १९ मा अवकाशमा जान लागेका हुन् । थापा प्रहरीको ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् ।
थापापछि उनकै ब्याचका तर दुई महिनापछि नियुक्ति पाएका एआईजी चन्द्र कुवेर खापुङ एक्ला दाबेदार छन् । उनी छोटो अवधिका लागि आईजीपी बन्नेछन् ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्