२०८२ माघ ६

आमा वा बुवामध्ये एक जनाको मात्रै नाम राखेर नागरिकता जारी हुने ।

काठमाण्डौँ, आमालाई वंशको अधिकार दिने गरी ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ संसदीय विषयगत समितिबाट पास भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन ऐनमा रूपान्तरित भएपछि आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानूनी मान्यता पाउनेछ । योसँगै पुरुषमा रहेको वंशको एकल अधिकार तोडिनेछ । आमा र बुवामध्ये कुनै एकबाट समेत वंशजको नागरिकताले निरन्तरता पाउनेछ ।
गृहमन्त्री रमेश लेखकका अनुुसार प्रस्तावित विधेयक ऐनमा रूपान्तरित भएपछि आमा वा बुवामध्ये एक जनाको मात्रै नाम राखेर नागरिकता जारी हुन सक्नेछ ।
विधेयकमाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले आमा वा बुबामध्ये एक जनाको मात्रै नाम राखेर नागरिकता जारी गर्ने कानुनी व्यवस्थाका लागि सरकार तयार रहेको बताएका हुन् । त्यसपछि यस्तो प्रावधान राख्नेगरी विधायन व्यवस्थापन समितिले विधेयकको प्रतिवेदन पास गरेको हो । नागरिकता लिनेले विशेष परिस्थितिमा नागरिकतामा आमाको वा बुवामध्ये एक जनाको मात्रै नाम लेख्न सक्ने उनले दोहो¥याए ।