२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

आज देशका विभिन्न स्थानमा अत्याधिक वर्षाको सम्भावनाः विभाग ।

काठमाण्डौँ, आज देशका विभिन्न स्थानमा अत्याधिक वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात नेपालको तराईमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।
आज दिउ‘सो कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।