युक्रेनको नयाँ प्रधानमन्त्रीमा युलिया स्विरिदेन्को नियुक्त ।
काठमााण्डौँ, युद्धग्रस्त युक्रेनको नयाँ प्रधानमन्त्री पदमा पूर्वअर्थमन्त्री युलिया स्विरिदेन्कोे नियुक्त भएकीे छिन् ।
सन् २०२२ मा रुसको आक्रमण सुरु भएयता उनी युक्रेनको पहिलो सरकार प्रमुख बनेको समाचारहरुमा जनाइएको छ । स्विरिदेन्कोले अमेरिकासँग खनिज सम्झौतामा मुख्य वार्ताकारको रूपमा काम गरेकी थिइन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई ऊर्जा प्रदान गर्न र रुसको निरन्तर आक्रमणको सामना गर्न स्वदेशी हतियार उत्पादन बढाउन मन्त्रिपरिषद् पुनर्गठन गरेको बताएका छन् ।
यद्यपि, स्वदेशमा मन्त्रिपरिषद् पुनर्गठनलाई ठूलो परिवर्तनको रूपमा हेरिएको छैन । किनभने युक्रेनी नेताले युद्धको चौथो वर्षमा प्रवेश गरेको बेला प्रभावकारिता र बफादारी प्रमाणित गरेका अधिकारीहरूमाथि नै भरोसा गरिरहेका छन् ।
जेलेन्स्कीले बिहीबार शीर्ष सरकारी पदहरूमा पुनर्गठन गर्न प्रस्ताव पेस गरेका थिए, जसमा युक्रेनको इतिहासमा सबैभन्दा लामो समयसम्म सरकार प्रमुख रहेका डेनिस श्मिहाललाई हटाएर नयाँ नियुक्ति गर्ने प्रस्ताव पनि समावेश थियो ।
स्विरिदेन्कोले प्रायः पश्चिमी साझेदारहरूसँग रक्षा सहयोग, आर्थिक पुनरुत्थान र पुनर्निर्माणमा केन्द्रित उच्चस्तरीय वार्ताहरूमा युक्रेनको प्रतिनिधित्व गरेकी छन् ।
सांसदहरू र सहकर्मी अधिकारीहरूले उनलाई राष्ट्रपति कार्यालयप्रति बफादार र मिहिनेती कार्यकारीको रूपमा व्याख्या गर्छन् ।


प्रतिक्रिया दिनुहोस्