२०८२ फाल्गुन १४
बीपी राजमार्गमा आजदेखि एक महिनासम्म राति गाडी चलाउन रोक ।
काठमाण्डौँ, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।
असार ३१ गते बसेको सुरक्षा समिति बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिनासम्म रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्