२०८२ फाल्गुन ८
कजाकिस्तानको छात्रवासमा आगलागी, आगलागीमा परी १३ जनाको मृत्यु
कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ ।
“आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, । कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको विभागले जनाएको छ ।
पूर्वराजधानीको बीचमा रहेको आदी सारिपोभ स्ट्रिटमा स्थानीय समयअनुसार साढे पाँच बजे आगो लागेको सूचना प्राप्त भएको थियो । अग्निशमनकर्मीहरू तीन तले आवासीय भवनमा लागेको आगो निभाउन सात मिनेटपछि पुगेका थिए ।
आगलागी हुँदा छात्रावासमा ७२ जना रहेको र ५९ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको विभागले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्