२०८२ असार २३

काठमाण्डौँ उपत्यकामा मेघगर्जन, चट्याङसहित वर्षा

काठमाण्डौँ, काठमाण्डौँ उपत्यका तथा सिन्धुपाल्चोक आसपासबाट नयाँ मौसम प्रणाली विकास भएको छ । जसका कारण काठमाण्डौँ आसपास मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल काठमाण्डौँ उपत्यका तथा उपत्यकाको उत्तर र उत्तर–पूर्व दिशा आसपासको जिल्लामा मौसमी प्रणाली विकसित भएको र दक्षिण दिशामा फैलिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
उक्त प्रणालीको प्रभावले गर्दा काठमाण्डौँ, भक्तपुर र सिन्धुपाल्चोक आसपासको क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।