२०८२ असार २३

नेपाल तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्ममा गर्ने ।

कठमाण्डौँ, नेपाली कांग्रेसले भातृ संस्था तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्ममा गर्ने जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिएको छ ।
जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले तरुण दलको महाधिवेशन गर्ने जिम्मेवारी उपाध्याय नेतृत्वको निर्देशन समितिलाई दिने निर्णय गरेको हो । बैठकले तदर्थ समितिका अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समितिबाट महाधिवेशनका लागि सानो व्यवस्थापन समिति बनाउने निर्णय पनि गरेको छ । बैठकले तरुण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।