२०८२ असार २४

अमेरिका र चीन सहमत, ब्यापार सम्झौतामा हस्ताक्षर ।

काठमाण्डौँ, अमेरिका र चीनले गत महिना जेनेभामा भएको व्यापार वार्ता र सम्झौतालाई अन्तिम रुप दिंदै हस्ताक्षर गरेका छन् ।
अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले सम्झौतामा हस्ताक्षर भएको जानकारी दिंदै ह्वाइट हाउसले अब छिट्टै १० प्रमुख व्यापार साझेदारहरूसँग सम्झौता गर्ने योजना रहेको जानकारी दिएका छन् ।
दुई दिनअघि हस्ताक्षर गरिएको चीनसँगको सम्झौताले बेइजिङ र वासिङ्टनबीच भएका व्यापार वार्तामा तय गरिएका सर्तहरूलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ । सम्झौता अनुसार चीनले पवन टर्बाइनदेखि लिएर जेट विमानसम्म प्रयोग हुने दुर्लभ खनिज पदार्थ (रेयर अर्थ) आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ ।
ह्वाइट हाउसका अधिकारीका अनुसार अमेरिका र चीनले जेनेभा सम्झौता कार्यान्वयनका लागि सहमति गरेको दावि गरे। तर वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेका थिए । यता बेइजिङले पनि तत्काल प्रतिक्रिया दिएको थिएन ।
यो सम्झौता भएसंगै एशियाली र युरोपेली शेयर बजार उकालो लागेको छ, र विश्वव्यापी इक्विटी सूचकांकले अर्को कीर्तिमान कायम गरेको थियो । व्यापार सम्झौताको आशाले सकारात्मक भूमिका खेलेको देखिन्छ ।
चीनसँगको सम्झौताले यो वर्ष बेइजिङ र वासिङ्टनबीच भएका व्यापार वार्ताहरूमा उल्लेखित सर्तहरूलाई स्पष्ट रूपमा स्थापित गरेको छ । यसअघि दुबै पक्षले एकअर्कालाई दोष दिँदै आएका थिए ।
लुटनिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग सम्झौता नजिकिएको संकेत गरेका थिए । भारतका प्रमुख वार्ताकार राजेश अग्रवाल नेतृत्वको टोली यसै साता दुई दिनका लागि वासिङ्टनमा अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्दै द्वन्द्व समाधान गर्ने र साझा समझदारी खोज्ने प्रयास गरेका थिए ।