२०८२ असार २४

प्रधानसेनापति सिग्देलद्वारा उपरथी गौरवकुमार केसीलाई दज्र्यानी चिह्न प्रदान ।

 

काठमाण्डौँ, प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा कार्यक्रमा प्रधानसेनापति सिग्देलले असार ९ गते बढुवा भएका उपरथी केसीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए ।
पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।