२०८२ असार २४

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द ।

जोमसोम, निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
पोखरा–जोमसोम हवाइ रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।
मौसम प्रतिकुलताका कारण हवाई यात्रु कम भएकले समिट एअरलाइन्सले पनि सो रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ ।
अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उनले भने । जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन शुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ ।