२०८२ असार २४

उपनिर्वाचनको मिति तोक्ने निर्वाचन आयोगको तयारी ।

काठमाण्डौँ, निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको छ ।
उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए ।
खा प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसंग आयोगका पदाधिकारीले परामर्श गरेको थियो ।
रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ । त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।