२०८२ असार २४

इरानबाट दुई नेपाली दिल्लीहुँदै नेपाल आइपुगे ।

काठमाण्डौँ, भारतको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली गणेशप्रसाद पोखरेल र सुमन गैरे भारतको नयाँ दिल्ली हुँदै नेपाल आइपुगेका छन् ।
भारतको सहयोगमा फर्किएपछि उनीहरुले दिल्ली आएर नेपाली राजदूत शंकर शर्मासँग भेट गरेका छन् । फर्किने आउने क्रममा उनीहरुलाई दिल्लीस्थित विमानस्थलमा दूतावासका अधिकारीहरुले रिसिभ गरेका थिए ।
दिल्लीबाट उनीहरु बुटवलका लागि हिँडिसकेको भारतीय दूतवासले जनाएको छ । बाँकी १४ जना नेपाली समेत फर्किएर आउने क्रममा रहेको भनिएको छ । इरानको जेलमा ५ जना नेपाली अझै छन् । उनीहरुलाई समेत फिर्ता ल्याउन पहल भइरहेको नेपाल सरकारले जनाएको छ ।
अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा जेलमा रहेकाले उनीहरुलाई प्रक्रिया पूरा गरेर फिर्ता ल्याउन कतारस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इरानमा रहेका नेपालीहरुसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।