२०८२ असार २४

इरान–इजरायल युद्धविराममा कतारले खेलेको भूमिकाप्रति धन्यवाद : इरान

काठमण्डौँ, संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सईद इरावनीले इरान–इजरायल युद्धविराममा कतारले खेलेको कूटनीतिक भूमिकाको लागि धन्यवाद दिएका छन् ।
मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा बोल्दै उनले भने, “इजरायली आक्रमण अन्त्य गर्न, युद्धविराम स्थापना गर्न र क्षेत्रीय तनावलाई नियन्त्रणमा राख्न कतारले देखाएको इमान्दार प्रयासप्रति हामी आभारी छौँ ।”
सीएनएनका अनुसार, कतारी प्रधानमन्त्री कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीले इरानसँग वार्ता गरेर युद्धविराममा सहमति जुटाएका थिए, जसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको घोषणा गरेका थिए ।