२०८२ श्रावण १६

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना ।

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना ।
काठमाण्डौँ, मनसुनी वायुका कारण कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो जस्तौ आज सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।