२०८२ असार २
पेट्रोल र डिजेलको मूल्य बढयो ।

काठमाण्डौँ, नेपाल आयल निगमले आज (सोमबार) देखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ गते २०८२ का दिन प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा १.४१ रुपैयाँ र डिजेलमा १.६७ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम आजदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल÷मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्