इजरायली आक्रमणबाट ७८ जना इरानीको मृत्यु, तीन सय बढी घाइते ।

काठमाण्डौँ, इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।
इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आक्रमणको निन्दा गर्दै इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाए । उनीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गर्नुका साथै अमेरिकार्ले इजरायललाई हतियार दिएको आरोप लगाउँदै सुरक्षा परिषद्लाई कारबाहीको माग गरेका छन् ।
इरानका संयुक्त राष्ट्रसंघीय प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको बताए ।
उनले भने, ‘हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ ।’ उनले अमेरिकालाई पनि दोषी ठहर गर्दै उसले इजरायललाई हतियार र सहयोग दिएको आरोप लगाए । साथै, उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको निन्दा गर्न र उसलाई जबाफदेही बनाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्