बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३२ वटा घरपसल पूर्णरुपमा क्षती ।
बाजुरा, बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीबाट ३२ वटा घरपसल पूर्णरुपमा क्षती भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
शुक्रबार अपराह्न्न् ३ः३० बजेको समय खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।
बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३२ पसल जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । नेपाली सेना, सशस्त्रप्रहरी जनपथ प्रहरी र स्थानीयको सहयोगमा करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको तियो । प्रजिअ पाध्याले क्षतीको विवरण संकलन कार्य भइरहेकाले के कत्ति क्षती भयो भन्ने यकीन भई नसकेको भएतापनि अनुमानित अर्बौ क्षती भएको बताए ।
आगलागीबाट पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र संघीय सरकारबाट आवश्यक राहत तत्काल माग गर्ने निर्णय गरिएको पनि प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्