२०८२ मंसिर २८

मनाङको ताङ्चे खर्कबाट सम्पर्क बिहीन भएका आकाश तामाङको खोजी जारी ।

मनाङ, यार्सागुम्बा टिप्न मनाङको उत्तरीभेग नार्पाभूमी–२ ताङ्चे खर्कबाट सम्पर्क बिहीन भएका आकाश तामाङको खोजी कार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्रप्रहरी र नेपाल प्रहरी सहतिको थप २१ जनाको टोली परिचालन गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
मनाङमा यार्सा टिप्न अनुमति प्राप्त भएसँगै उत्तर भेग जानेको लर्कोमै मिसिएर गएका आकाशको खोजी त परै जाओस्, त्यहाँसम्म पुग्न र उद्धारका लागि खटिएका सुरक्षाकर्मीसँग नै सञ्चार सम्पर्क हुन नसक्दा समस्या उत्पन्न भएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर–२ ताङ्चे खर्क हुलाकी ओडार माथि भीरमा यार्सागुम्बा टिप्न गएका अकाशको खसेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि खोज तथा उद्धारका लागि सुरक्षा कर्मी परिचालन गरिएपनि भौगोलीक विकटता र मौसमी प्रतिकूलताका कारण खोज तथा उद्धारमा समस्या भएको प्रजिअ आचार्यले बताए । खोज तथा उदारमा खटिएका सुरक्षाकर्मीसंग दैनिक केही क्षण सम्र्पक भइरहेको भएपनि आकाशलाई भेटाउन सकेको छैन । त्यसका लागि थप उपायहरु अवलम्बनको प्रक्रिया समेत अधि बडाईको प्रजिअ आचार्यले बताए ।
धादिङ गंगाजमुना गाउँपालिका वडानम्बर–१ का आकाशसहित ७ जनाको समूह वैशाख १५ गते यार्सा गुम्बा टिप्न पुगेको थियो ।