आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै ।
काठमाण्डौं, आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नामिबियाको विण्डहक सहरमा सन १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सघको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।
नेपालमा सरकारी स्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने यहाँ यो दिवस सन १९९५ देखि नै मनाउन थालिएकोे हो । यसै दिवसको अवसर पारेर सञ्चार र पत्रकारितासँग सम्बन्धित विभिन्न सघ संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष विषय वा नारा (थिम) तय गर्दछ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्दछ र अन्य राज्य तथा नागरिक सघ संस्थालाई पनि वहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्दछ ।
युनेस्कोले यस वर्ष अर्थात् २०२५ का लागि टाइम टु पुट एआई अन द सोसल एजेण्डा भन्ने विषय (थिम)तय गरेको छ । यसको अनौपचारिक अनुवाद एआई (कृत्रिम बौद्धिकता)लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय आएको छ भनेर गर्न सकिन्छ । आजको विश्वमा एआईले प्रभावित नगरेको वा गर्न नसक्ने सम्भवतः कुनै पनि क्षेत्र छैन । तर सञ्चार र पत्रकारिता क्षेत्र एआईबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । पत्रकारितामार्फत सार्वजनिक गर्न निर्माण गरिने विषयवस्तु र त्यसको प्रसारण वा प्रकाशनका धेरै कार्यमा एआई हस्तक्षेपकारी भूमिकामा प्रस्तुत् हुन सक्ने अवस्थाको विकास भएको छ ।
आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदैछन् । ्


प्रतिक्रिया दिनुहोस्