प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता, मन्त्रीपरिषद् बैठक बस्दै ।

काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुरबीच भेटवार्ता भएको छ ।
सरकारको कामकारवाही लागायत विषयलाई लिएर सत्तरुढ दल नेपाली काँग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुरबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयीक विषयहरुमा छलफल भएको बताइएको छ ।
विशेषगरी जारी शिक्षक आन्दोलन, दुई दलबीचको सहमति कार्यान्वन, दुई दलको राजनीतिक संयन्त्रको बैठक बस्ने लगायतका विषयमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल केन्द्रीत भएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ । तर सरकार परिर्वतन र काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने बिषयमा छलफल भएको राजनीतिक बृत्तमा चर्चा भइरहेको छ ।
देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बैठक बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्