आज पाँच प्रदेशमा वर्षाको सम्भावना, काठमाण्डौँमा भोली (मंगलबार) बर्षा हुने ।
काठमाण्डौँ, देशका पाँचवटा प्रदेशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज काठमाण्डौंमा आंशिक बदली रहनेछ । वर्षाको सम्भावना छैन । भोलिबाट भने काठमाण्डौँमा वर्षाको सम्भावना रहेको छ । मंगलबारभन्दा बुधबार काठमाण्डौंँमा धेरै वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
आज दिउँसो २ बजेपछि दाङको घोराहीलगायत स्थानमा हुरी÷बतासको सम्भावना रहेको छ । तर, ठूलो हुरी÷बतास भने नचल्ने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्