मनाङ जिल्लाको फू गाउँमा सशस्त्रको बिओपी स्थापना गरिने ।
चामे, हिमाल पारिको जिल्ला मनाङको उत्तरमा रहेको फू गाउँमा सशस्त्रको बिओपी स्थापना गरिने भएको छ ।
नेपाल र चीनको सिमाना फू गाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिका–४ पूmमा बीओपी स्थापना गरिने भएको पनि प्रजिअ आचार्यले बताए ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताए । बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए । सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताए।
जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई हस्तान्तरण गरिएको छ ।
बिओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । प्रजिअ आचार्यले तिसक्दो छिटो बिओपी स्थापना गरिने पनि बताए ।
बिओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको बताए।
नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्दछ ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्