नेपाली सेनाको अनुरोध ।
काठमाण्डौँ, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणाप्रति नेपाली सेनाले चासो ब्यक्त गरेको छ ।
नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्कगरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन अनुरोध गरेको छ ।
नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको विज्ञप्ती माप्र्mत जनाएको छ ।
विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ ।

-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्