स्ववियु निर्वाचनको परिणाम लगभग प्रकाशित । केही क्याम्पसको निर्वाचन स्थगन ।

काठमाण्डौँ, मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम लगभग प्रकाशित भएको छ ।
मंगलबार सिमपन्न निर्वाचनमा मकवानपुर स्थित हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा अनेरास्ववियुको तर्फबाट अभि मैनाली निर्वाचित भएका छन् । हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् ।
मोरङको मिक्लाजुङ क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानल विजयी भएको छ । निर्वाचनमा अखिल क्रान्तिकारीका सुजन घिमिरे सभापतिमा निर्वाचित भएका छन् ।
उता गुल्मीको रानीवास स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका
विशाल थापा सहित क्रान्तिकारीको प्यानलले जित हासिल गरेको छ ।
रामेछाप जिल्लाको मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसमा अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु)को प्यानल नै निर्वाचित भएको छ ।
खोटाङमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सात वटा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेन ।
काठमाण्डौँको नेपाल कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल विजयी भएका छन् ।
गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेपाली कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानलै विजयी भएको छ ।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) निर्वाचनमा नेवि संघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।
महेन्द्ररत्न क्याम्पस, ताहाचलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) को प्यानका सभापतिमा ईश्वरकुमार थापा, सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री विजयी भएको छ ।काठमाण्डौँको अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए ।
त्यसैगरी, त्रिचन्द्र क्याम्पसको स्ववियु चुनाव अनिश्चित भएपछि पठनपाठन सुरु हुने भएको छ । स्ववियु चुनावको तयारी अन्तिम चरणमा पुगेको समयमा ४ गते राति विद्यार्थीले ताला लगाएपछि चुनाव स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्