टेक बहादुर गुरुङ
२
राम बहादुर घले
०
यशोदा गुरुङ (सुवेदी)
०
आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह ।
काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गरेका छन् ।
आज(मंगलबार) शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन् ।
आयोगले गुरुङ, मगर, राई, लिम्बुलगायत आदिवासी जनजाति समुदायका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए ।
राष्ट्रपति पौडेलले चार सय रोपनी जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदी रम्घामा भानु साहित्य उद्यान बनाउन लागेको जानकारी दिए । त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने उनको भनाइ छ ।
भानुक्तको चुँदी रम्घामा भानु साहित्य उद्यान चार सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदैछु । त्यहाँ मूर्तिवाटिका हुन्छ ।,’’ राष्ट्रपति पौडेलले भने, ‘‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरू रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविको मूर्ति रहन्छ । त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चहियो ।’’
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवद्र्धन एवम् विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।


प्रतिक्रिया दिनुहोस्