हेलेन आँधीबाट अमेरिकामा मृत्यु हुनेको संख्या २ सय नाघ्यो ।
काठमाण्डौँ, अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पु¥याएको छ ।
बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आँधीमा परेका थप नागरिकहरूको अमेरिकी उद्धारकर्मीहरूले खोजी गरिरहेका छन् ।
आँधीका कारण ज्यान गुमाउने धेरै नागरिक नर्थ क्यारोलिनाका रहेका छन् । सन् २००५ मा आएको क्याट्रिना नामको तुफानपछि हेलेन अत्यधिक घातक आँधी साबित भएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । क्याट्रिना आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।
हेलेन आँधीले गएको एक हप्ता बितिसक्दा पनि सयौं मानिस अझै बेपत्ता छन् र करिब ८ लाख घरहरूमा अझै पनि बिजुली अवरुद्ध छ । नर्थ क्यारिलोनामा दशौं हजार मानिस पानीको सुविधाबाट पनि बञ्चित भएका छन् । समाचार संस्था एपीका अनुसार सयौं सडकहरू बन्द छन् जसले गर्दा सहायता सामग्री पठाउन पनि कठिन भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् ।
प्रभावित क्षेत्रको अवलोकनपछि बाइडेनले प्रभावितहरूसँग भने, ‘मैले तपाईंहरूलाई देखिरहेको छु, सुनिरहेको छु र म शोकमा सँगै छु । साथै म प्रतिज्ञा गर्छु कि हामी तपाईंको साथमा छौं ।’
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्