नेपालले आज इरानसँग खेल्दै, लिगमको सेमिफाइनल पुग्ने सम्भावना ।
काठमाण्डौँ, नेपालले आज आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिगाद्को कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।
शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलका साथ इरानसँग खेल्दै लिगमको सेमिफाइनल पुग्ने हुनेछ ।
इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का छ । नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेकोछ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ ।
दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।
नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै नेपाल शीर्ष स्थानमा पुग्नेछ ।
पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्दा अन्तिम हुने टोली बाहिरिनेछ ।
-
१
सबै मतपेटीका सदरमुकाम आइपुग्यो,सर्वदलीय बैठक बसेर मतगणना शुरु हुन्छ : प्रजिअ पौड्याल ।
-
२
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
३
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
४
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।


प्रतिक्रिया दिनुहोस्