२०८२ फाल्गुन १९
पृथ्वी राजमार्ग अवरुद्ध, फिस्लिङमा पहिरो ।
काठमाण्डौँ, आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना–३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेकाले पृथ्वी राजमार्ग अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
पहिरो गएलगत्तै रातिदेखि पहिरो पन्छाउने काम सुरु भए पनि सडक अझै खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।
पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।
-
१
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
२
बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
३
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।
-
४
आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई २५ हजार रुपैयाँ जरिवाना ।


प्रतिक्रिया दिनुहोस्