२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

पहिरोले पुरिदा एकै परिवारका चारजनाको मृत्य, दुई घाइते ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको हो ।
४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।