२०८२ फाल्गुन २२
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी ।
जापानमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानको समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ । यी क्षेत्रमा तीन मिटरसम्म छालको लहर उठ्ने बताइएको छ ।
जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपु¥याएको बीबीसीले जनाएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्