२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

जाडो छल्न बेसी झर्नेे मनाङेको संख्यामा कमी, ७० प्रतिशत मात्रै बसी झरे ।

चिसो बडेसंगै जाडो छल्न बेसी झर्ने माथिल्लो मनाङका वासिन्दाको परम्पामा बदलाव आएको छ ।
जाडो याममा माथिल्लो मनाङेमा अध्याधिक चिसो हुने भएकाले सामान्यतय मंसिर महिनाको अन्तिहप्ता वा पुसको पहिलो हत्पादेखि जाडे छल्न माथिल्लो मनाङका सर्वसाधरण बेसी झर्ने गर्दथे । तर, यस बर्ष भने हालसम्म ७० प्रतिशत मात्र बेसी झरेका छन् । ३० प्रतिशत जनता माथिल्लो मनाङमै बसीरहेका छन् । केही दिन पहिले दुईपटक हिमपात भए पनि हाल हिमपात नभएको र दैनिन १०–१५ जनाको संख्यामा पर्यटकहरु मनाङ आइरहेको स्थानीय होटल व्यसायी एवं समाजीक अगुवा ओङमा गुरुङले बताए ।
हिमपातको समय निकै नै चियो भएपनि हाल मौसम सफा छ, घामलागि रहेको छ । बिहान र राती चिसो भएपनि दिनमा घाम लाग्नाले निक्कैनै न्यायो हुन्छ । दैनिक १२ देखि १५ जनाजति पर्यटकहरु मनाङ आइनै रहेका छन् । यहॉ आउने अधिकांश पर्यटकहरु थोरङला पास गरी मुस्ताङ जाने र कोही तिलिचु लेकसम्म जाने गरेका छन् । त्यसैले नगन्य होटल बन्द भएपनि अधिकांश होटलहरु सञ्चालनमै रहेको उनले बताए ।


विगतमा मंसिरको अन्तिमबाटै एक जना धर कुरुवा राखेर अधिकांश मनाङेहरु जाडो छल्न बेसी तथा अन्य स्थानतिर जाने गरेको भएतापनि यसबर्ष म लगायत ३० प्रतिशत मानसिहरु मनाङमै बसी रहेका छौं–उनले भने ।
त्यसैगरी, दैनिक १० देखि १५ जना को संख्यामा पर्यटहरु तिलिचु आउने गरेको  छ । त्यसैले बेस क्यामका सबै होलहरु सञ्चालनमै रहेको तिलिचु बेस क्याम्पमा होटल सञ्चालक छिरीङ्ख दोर्जे गुरुङको भनाइ छ ।
उता, चिसो बडेसंगै नार्पाभूमी गाउँपालिकाको नार र पूm प्राय मानवरहित जस्तै भएको मनाङका सहाक जिल्ला अधिकारी एवं सूचनाअधिकारी शिशिर घिमिरेको भनाई छ । चिसो बडेसंगै बैंक, प्रहरी लगायत केही कार्यलहरु सदरमुका केन्द्रीत गरिएको उनले बताए । त्यसैगरी, अतिआवश्यक कामहरु सञ्चालनका लागि सदरमुकाम नजीकैको कोतोमा गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको पनि सहायक उनले बताए । त्यसैगरी जाडे बडेसंगै केही कर्मचारी जाडो छल्न जिल्ला बाहर गएपनि कार्यालयहरु बन्द नभएको र सेवाग्रहीलाई प्रदान गरिने सेवा सुचारु नै रहेको पनि बताए ।