२०८३ आश्विन १२

अबिरल बर्षाले मनाङ जिल्लामा ठूलो क्षति, मानवीय क्षतीको पुष्टी भएको छैन ।

मनाङ, केही दिनदेखि परेको अबिरल बर्षाका कारण मनाङ जिल्लाका अधिकांश पालिकाहरुमा क्षति पुगेको छ ।
बर्षाका कारण स्थानिय खोलाहरुमा पानीको बहाब बढेपछि स्थानिय पूलहरु बगाएको छ भने ठाढे खालले अधार्दजन जति घरहरु बगाएको तर मानविय क्षती भने नभएको मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी मुक्ती प्रसाद खनालले बताए ।
प्रजिअ खनालका अनुसार मनाङ जिल्लाका अधिकांश स्थानमा अबिरल बर्षाको असर परेको भएतापनि टेलिफोन सम्र्पक हुन सकेको थिएन । आज बिहानबाट पानी केही कम्ती पर्न थालेको र टेलिफोन सम्र्पक पनि थालेकाले सबैतिर सम्र्पकको प्रयास भइरको छ ।
हालसम्म दक्षिणी मनाङको ताल गाउंमा मस्र्याङदी नदीमा आएको बाढीले आधा दर्जभन्दा बढी घरहरु पुरिएको जानकारी प्राप्त भएको छ र प्राप्त जानकारी अनुसार गाउंका मानिसहरुलाई सुरक्षति स्थानमा बस्न भनिएको छ । बांकी कामहरु अब शुरु गरिने पनि प्रजिअ खनालले बताए ।