२०८३ आश्विन १२

अबिरल बर्षासंगैको हिमपातले हिमालीक्षेत्रको जनजिवन प्रभावित, पर्यटन व्यवसायमा नकारात्मक असर ।

आनन्द गुरुङ,काठमाण्डौँ-केही दिनदेखिको अविरल वर्षासँगै हिमाली क्षेत्रमा हिमपातले कृष र पर्यटन क्षेत्रमा नकरात्म असर पारेको छ ।
बर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सहायक मार्ग अवरुद्ध भएका छनु भने मनाङ, मुस्ताङ, खुम्बुलगायतका हिमालीक्षेत्रमा हिमपात समेत भएको छ । हिमाली क्षेत्रमा भएको यसबर्षको पहिलो हिमपातले त्यसक्षेत्रका कृषकले भित्र्याउन तयारी अवस्थामा रहेको बालीनाली फापर, करु लयातका कृषि उपज बारीमै सडन थालेका छन् ।
अबिरल बर्षासंगैको हिमपातले बालीनाली नष्ट गरेको छ भने हिउदको समयमा भण्डारण गरिने घॉसपात समेत हिउ‘ले पुरेपछि स्थानिय कृषकहरुमा चिन्ता बढेको छ ।
पर्यटन व्यवसायमा नकारात्मक असर
केही दिनदेखिको अविरल वर्षाका कारण बाढी–पहिरो जॉदा बाटोघाटो बन्द भएका छन् भने कतिपय स्थानहरुमा ढुबान समेत भएको छ । सरकारले असोज ९ गतेदेखि ११ गतेसम्म सर्तकता अपनाउन सचेत गराएपछि पर्वतारोहणका लागि तयारी अवस्थामा रहेको विभिन्न समुहका आरोहीहरुले समेत कार्यक्रम रद्द गरी फर्किएका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्ग भएर थोरोङ धॉछी पार गर्न हिडेका पदयात्रीहरु मनाङको विभिन्न स्थानमा रोकिएर बसेका छन् भने कतिपयले आप्mनो कायृक्रम नै रद्दगरी फर्किने तयारीमा रहेका छन् ।
असोज–कात्तिकको शरदयाम भ्रमणका लागि आउने पाहुनाहरूको स्वागत, सत्कार र व्यवस्थापनमा सक्रिय हुनुपर्ने समयमा बर्षा र हिमपातसंगै सरकारको सर्तकता चेतावनीले यसबर्षको शरदयामको शुरुमै पर्यटन ब्यवसायीले निक्कै ठूलो नोक्सानी ब्यर्होनु परेको छ ।
मुख्य पर्यटक यामको मुखमा आएको रसुवा बाढीका कारण धेरै विदेशी पर्यटकले नेपालको भ्रमण रद्द गरेका थिए, अलिअलि आउन थालेका पर्यटकलाई पनि केही दिनदेखिको झरीले रोकेको छ । जसका कारण पछिल्लो एक वर्षयता पर्यटन व्यवसाय लयमा फर्कन सकेको छैन ।
गत वर्षको शरदयामको सम्मुखमा भएको जेन्जी आन्दोलन, वसन्तयाममा रुस–युक्रेन द्वन्द्वको असर तथा यसपालि भोटेकोशी बाढी र झरी र हिमपालका कारण पर्यटकीयस्थलमा चहलपहल बढ्न सकेको छैन । झरीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले पाहुना र पर्यटक रोकिएका कारण पर्यटन व्यवसायी र मजदुरमात्र नभएर तरकारी उब्जाउने किसान, दूध बेच्ने किसानदेखि माछा मारेर जीविकोपार्जन गरेकाहरूलाई यसले असर पुगेको छ ।
झरीसँगै प्रतिकूल मौसम र हिमपातका कारण पर्वतारोहीहरू फर्किएका छन् । आधार शिविरमा पुगेका विदेशी पर्वतारोही टोली समेत फकिएका छनु भने पर्वतारोहणका लागि तयारी अवस्थामा रहेको विभिन्न समुहका आरोहीहरुले समेत कार्यक्रम रद्द गरी फर्किएका छन् ।
भोटेकोशी बाढीले पुर्याएको क्षतीको घाउमा खाटा बस्न नपाउंदै केहीदिनको अबिरल बर्षाले राष्ट्रिय आथिर्क क्षतीको बोझ सरकारको कॉधमा थपिएको छ ।