२०८२ चैत्र २६
प्रतिनिधिसभाको उपसभामुख चयनको कार्यतालिका
काठमाण्डौँ, प्रतिनिधिसभाको उपसभामुख पदको उमेदवारीका निम्ति बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्को समय तोकिएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले बुधबार प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २ः३० बजे उेमदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।
२७ गते उपसभामुखको निर्वाचन हुँदै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । त्यसमाथि छलफल भएर निर्णय गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्