भ्राका ला गुम्बा मनाङ री नाम म्यूजिक भिडियो आज काठमाण्डौमा सार्वजाीक
काठमाण्डौँ, भ्राका ला गुम्बा मनाङ री नाम म्यूजिक भिडियो एक कार्यक्रमबिच आज काठमाण्डौमा सार्वजाीक गरिएको छ ।
पूmलकुमारी बम्जनको शब्द, पल धलेको संगीत, पल धले र काजल बम्जनको स्वर रहेको भ्राका ला गुम्बा मनाङ री नाम म्यूजिक भिडियोका नृत्य निर्देशन जोन किरातीले गरेका हुन ।

संसारको अग्लो स्थानमा रहेको तिलिचो ताल मनाङमा छ भन्ने मुख्य आशयका साथ निमार्ण गरिएको म्यूजिक भिडियोमा एलिना गुरुङ, गोपीमाया तामाङ, पेमा ल्हमो गुरुङ र साङमो गुरुङ लयातले नृत्य गरेका छन् ।
म्यूजिक भिडियोको भ्राका गुम्बा, मिलरेपा पार्क, ग्रिन लेक आदि स्थानहरुमा छायॉङ्कन गरिएको छ ।

मनाङ जिल्लाको धर्म, संस्कार संस्कृति र भौगोलिक सौन्र्दयताको प्रबद्र्धन गर्न मनाङ समाज सेवा समितिको सहयोगमा निमार्ण गरिएको उक्त म्यूजिक भिडियो सार्वजाीक कार्यक्रममा गितकार, संगितकार, नृत्यनिर्देशक तथा कलाकारहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्