२०८२ चैत्र २०

वर्तमान सरकारको भविष्य उसको क्रियाकलापले निर्धारण गर्नेछ : सांसद गुरुङ

काठमाण्डौँ, मनाङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले वर्तमान सरकारको भविष्य उसको क्रियाकलापले निर्धारण गर्ने बताएका छन् ।
नवगठित प्रतिनिधिसभाको पहिलो बैठक सकेर बाहिरीने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै माननीय गुरुङले आप्mनो दाल नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । सरकारले राष्ट्र र जनहितमा काम ग¥यो भने त्यसमा हाम्रो पूर्ण साथ–समर्थन रहने छ । तर राष्ट्र र जनहित विपरीत कार्यहरुका साथै निरकुंश बनी इतिहास नामेट गर्ने, अन्य दलहरुलाई वेवास्ता गर्न खोजे सडक र सदनबाट कडा प्रतिकार गरिने बताए ।


उनले भने, बर्तमान सरकारका गृहमन्त्री सुधन गुरुले सदनमा पेश गरेका तीनवटा अध्यदेशहरु हामी पार्टीमा गहन छलफल र बहस गर्ने छौ । त्यसपछि हामी आप्mनो धारणा तय गर्ने छौं । त्यसैगरी सदन र समितिहरुमा पनि उक्त अध्यादेश उपर गहन छलफल र बहज हुन पर्ने पनि बताए ।


बिहिबार अपराह्न २ बजे बसको प्रतिनिधिसभाको पहिलो बैठकमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, नेपाली काँग्रेसका नेता भिष्मराज आङदाम्बे, नेकपा एमालेका नेता बादल, नेपाली कम्यूष्टि पार्टीका बर्षमान पुन, राष्ट्रि प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र कार्की र स्वतन्त्रका डा. महाबिर पुनले आ–आप्mनो धारण राखेका थिए ।


त्यसैगरी, बैठकमा वर्तमान सरकारका गृह मन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश–२०८२ र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश २०८२ सदनमा पेश गरेको थिए ।
उसैगरी बैठकले विभिन्न समयमा दिवाङ्ग भएका सांसदहरुको सम्मानमा श्रद्धाञ्जली अपर्ण गरेको थियो ।