२०८३ बैशाख २९

इतिहास रच्दै सुदन गुरुङ, गुरुङ समुदायको पहिलो गृहमन्त्री ।

आनन्द गुरुङ,काठमाण्डौँ, माननीय सुदन गुरुङ नेपाल सरकारको गृहमन्त्री जस्तो गरिमामय ओहोदामा पुग्ने गुरुङ समुदायका पहिलो ब्यक्ती हुन ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा गोरखा–१ बाट रास्वपाका सुधन गुरुङ २९८९६ मतसहित विजयी भएका हुन् । विक्रम संवत् २०४४ असार २५ गते गोरखा, चुमनुव्री गाउँपालिका, सिर्दिबासमा जन्मिएका गुरुङ जेन्जी आन्दोलनपछि चर्चामा आएका हुन ।
त्यसअघि गुरुङ ‘हामी नेपाल’ नामक संस्था खोलेर भूकम्प लगायतका विभिन्न विपद्को घटनामा राहत र उद्धार साथै कोभिड–१९ का समय विभिन्न दुर्गम जिल्लाहरुमा निःशुल्क कोरोना खोप वितरण गर्नुका साथै बिरअस्पतालको नयाँ भवन समेत बनाउन उनको ठूलो हात रहेको छ ।
जेनजी आन्दोलन, सुशीला कार्की सरकार गठन, सरकार जेन–जी आन्दोलन सहमति निर्माणमा नेतृत्वदायी भूमिका खेलेका गुरुङ प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुनुभन्दा केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए ।
जेन–जी आन्दोलनलाई सहयोग गर्दै आन्दोलनको रापतापबाट निस्किएको नेतृत्वको रूपमा उनलाई लिइन्छ । हक्की स्वभावका गुरुङ समाज सेवा र अन्याय विरुद्ध विद्रोह गर्न सक्ने उदयीमान युवा नेताको रुपमा अगाडि बढेका छन् ।
निर्वतमान प्रधानमन्त्री सुशिला कार्कीको शासनकालमा गठित कार्की आयोगको प्रतिवेदन कार्यन्वय उनको पहिलो काम हुने छ ।