माननीय टेकबहादुर गुरुङद्वारा पद तथा गोपनियताको शपथ ग्रहण ।
काठमाण्डौँ, मनाङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङले प्रतिनिधि सभा सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा मनाङ–१ बाट २४१५ मत सहित विजयी नेपाली काँग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङले सिंहदरबारस्थित् नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

माननीय गुरुङले नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

आज सम्पन्न शपथग्रहण कार्यक्रममा गुरुङ समुदायका तीन जना प्रत्यक्ष र दुई जना समानुपातिक गरी कूल पॉच जना प्रतिनिधिसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गर्नेहरुमा प्रत्यक्ष तर्फका कास्की–३ बाट निर्वाचित बिना गुरुङ, रास्वपा, मनाङ–१ बाट टकेबहादुर गुरुङ, नेपाली काँग्रेस र गोरखा–१ बाट सुदन गुरुङ, रास्वपा र समानुपाति तर्फका गोरखा–१ बाट एलिजा गुरुङ रास्वपा र सोलुखुम्बबाट नेपाली काँग्रेसकी गिता गुरुङ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्