वाग्मती प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाण्डौ‘, पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोसी र गण्डकी र वाग्मती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, बिहीबार (चैत १२) देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्