प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज, ४७ जनाले मातृभाषमा शपथ लिने ।
आनन्द गुरुङ, काठमाण्डौ‘ प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज (चैत १२) हुँदै छ ।
सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथको कार्यक्रम आयोजना गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ज्येष्ठ सदस्य केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।
आज हुने शपथग्रहण कार्यक्रममा गुरुङ समुदायका तीन जना प्रत्यक्ष र दुई जना समानुपातिक गरी कूल पॉच जना प्रतिनिधिसभा सदस्यहरुले शपथ ग्रहण गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्