२०८३ भाद्र २१
गोरखाको कनटारमा माइक्रोबस दुर्घटना, सात जनाको घटना स्थलमै मृत्यु ।
गोरखा, गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–३, कनटारमा माइक्रोबस दुर्घटना हुदाँ सात जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट दुई मिटर तल खसेको थियो । त्यसमा सवारमध्ये पाँच पुरुष र दुई महिला गरी सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइतेलाई उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार घटनापछि प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । मृतक सबै भारतीय नागरिक रहेका छन् । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्