नेपाल निपाह भाइरस संक्रमणको उच्च जोखिममा : जनस्वास्थ्य कार्यालय
काठमाण्डौँ, नेपाल निपाह भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरुले औंल्याएका छन् ।
छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरस पुष्टि भएकाले नेपाल–भारत खुल्ला सिमा क्षेत्र र बडी आवतजात हुने भएकाले जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको विज्ञहरुले औंल्याएको छ ।
चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले यसको जोखिम नेपालमा रहेको बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको जोखिमलाई मध्यनजर गर्दै नेपालमा यो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीको भनाइ छ । विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको र शङ्कास्पद लक्षण देखिएका व्यक्तिको स्याम्पल लिएर परीक्षण गर्न निर्देशन दिएको डा. बुढाथोकीले बताए ।
मन्त्रालयले सीमा नाकामा निगरानी कडा बनाउन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको र सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।
मन्त्रालयले सीमा नाकामा निगरानी कडा बनाउन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको र सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको छ ।
“निपाह भाइरसको जोखिम नेपालमा पनि उच्च छ । त्यसैले सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । शङ्कास्पद लक्षण देखिएका यात्रुहरूलाई तत्कालै पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ । उनले भने”
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार निपाह भाइरस पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस हो । यो भाइरस विशेषगरी फलफूल खाने चमेरामा बढी मात्रमा पाइने गर्छ ।
के हो निपाह भाइरस ?
निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्ने डा. पुनले बताए । सङ्क्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने हुँदा जनावरसँग नजिक हुने मानिस यसको जोखिममा हुने डा. पुनको भनाइ छ ।
सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा यो भाइरस सर्छ ।
लक्षण
यो रोगका लक्षण अन्य भाइरससँग मिल्दा जुल्दा हुने हुँदा धेरै जना झुकिने चिकित्सक बताउँछन् । भाइरस शरीरमा प्रवेश गरेको चार दिन देखि १४ दिनमा यसका लक्षण देखिने डा.पुन बताउनुहुन्छ ।
सङ्क्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने र टन्सिलाइटिस हुने, श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता लक्षण देखिने डा. पुनको भनाइ छ । समयमा नै उपचार नपाएमा लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएर बिरामी अचेतभई मृत्यु समेत हुने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्